प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दै

२०७९ आश्विन २८, शुक्रबार ११:३४ बजे

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले उपचाररत जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दैगएको जानकारी दिए ।

सघन उपचार कक्ष (आईसीयू) बाट निकालेर सामान्य शैय्यामा राखी उपचार भइरहेको भए पनि जोशीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार पुनः आईसीयूमा सारिएको थियो । प्रमुख पाठकका अनुसार जोशी बोल्न र खान सकेका छैनन । शरीरमा अक्सिजन र प्रेसर घट्दैगएको छ ।

छातिमा निमोनिया संक्रमण, मुटुको चालमा घटबढ भइरहेको जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको उनले बताए। आजदेखि अल्बुमीन रिप्लेसमेन्टका लागि औषधि चलाएको उनले जानकारी दिए ।

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते अस्पतालको ईमर्जेन्सी ९आकस्मिक कक्ष० मा भर्ना भएका छन्। सोही समयमा रगतको जाँच गर्दा डेंगु पुष्टि भएको थियो ।