हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१ मा खुल्लातर्फबाट सदस्य उम्मेदवारी दिएका पवन थोकरको उम्मेदवारी खारेज भएको छ ।थोकरले नेकपा एकिकृत समाजवादीबाट वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।
छानविनको क्रममा खुल्ला वडा सदस्यतर्फ दुई जना हुनु पर्नेमा तीन जनाको परेको र सिफारिस प्रमाणित नभएको कारण एक जनाको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।