हेटौंडा – बैशाख ३० गते हुने स्थानीय निर्वाचन अघिनै मकवानपुरमा नेकपा एमालेबाट तीन जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।निर्विरोध निर्वाचित हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नं. १ की लक्ष्मी दमाई, वडा नं. ४ की सावित्री सुनार र मकवानपुरगढी गाउँपालिका वडा नं. ७ की तिर्थ कुमारी ल्वाहगुन रहेका छन् ।
दलित महिला वडासदस्यमा एमालेबाट इन्द्रसरोबरको वडा नं. १ मा दमाई र वडा नं. ४ मा सुनारको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोबरले जनाएको छ । त्यस्तै मकवानपुरगढीको वडा नं. ७ को दलित महिला वडासदस्यमा ल्वाहगुनको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले जनाएको छ ।