प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

२०७९ श्रावण १६, सोमबार १५:०७ बजे

हेटौंडा – सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा दुई ओटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी ९९५० नम्बरको मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ६ का ५२ वर्षीय त्रिपुरेश्वर चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा छिन्नमस्ता अस्पतालमा मृत्यु भएको हो । सामान्य घाइते भएका अर्को चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बा ३२ प ४४८६ नम्बरको मोटरसाइकल र स ४ प ९९५० नम्बरको मोटरसाइकल सोमबार बिहान आपसमा ठोक्किँएको थियो ।