प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मोटरसाइकलको ठक्करबाट तीन बर्षीया बालिकाको मृत्यु

२०७९ असार २४, शुक्रबार ०५:३४ बजे

हेटौंडा – मोटरसाइकलको ठक्करबाट तीन बर्षीया बालिकाको मृत्यु भएको छ । बाराको आर्दशकोतवाल गाँउपालिका ५ रुपवलियामा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानिय बिल्टु रामकी ३ बर्षीया छोरी सृष्टी कुमारीको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले बिहिबार बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराले जनाएको छ ।