प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता ?

२०७९ आश्विन ३१, सोमबार ०८:३१ बजे

हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य रहेको निर्वाचन आयोग जनाएको छ ।

प्रदेश नं. १ मा ३३ लाख ९६ हजार ८६५, मधेश प्रदेशमा ३३ लाख ८६ हजार ८२८, बागमती प्रदेशमा ३४ लाख ९१ हजार ४९२, गण्डकी प्रदेशमा १८ लाख १४ हजार ५४१, लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ र सुदुरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाता रहेका छन् ।

देशभर प्रतिनिधि सभाका लागि पहिलो हुने निर्वाचित प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभातर्फ प्रदेश नं. १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदुरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ ।

हेर्नुस् मतदाता,मतदान स्थाल, मतदान केन्द्र, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र सङ्ख्या