हेटौंडा – मोरङको सुन्दरहरैचा नगरपालिका १० मा बिहिबार साँझ स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय पुर्ण बहादुर गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा बिहिबार बिहान साढे ४ बजे मृत्यु भएको हो । को ३४ प ७२५१ नम्बरको स्कुटरले गुरुङलाई हिजो साँझ साढे ६ बजे ठक्कर दिएको थियो । ठक्कर दिने स्कुटर सहित चालकलाई ईलाका प्रहरी कार्यालय विराटचोक मोरङ नियन्त्रणमा लिएको छ ।