हेटौंडा – रौतहटको गुजरा नगरपालिका ९ अमतवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गुजरा १ मनहर्वाका ३२ वर्षिय तुफानी माझी रहेका छन् । उनको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडी सवार २० वर्षिय सजकि माझी घाइते भएका छन् । उनको पनि घाईते भइ चन्द्रपुर अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
गएराति साढे १ बजे तुफानीले चलाएको ना ४० प ५०३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ सडकमा पल्टिएको प्रहरी चौकी सिमरा भवानिपुरले जानकारी दिएको छ ।