प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

निर्माणाधीन घरको लिफ्टबाट खसेर इन्जिनियर भट्टराईको मृत्यु

२०८० माघ १६, मंगलबार १९:२० बजे

कास्की – पोखरा महानगरपालिका–६ लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इन्जिनियरको ज्यान गएको छ।

लेकसाइडमा रहेको स्थानीय चिनीमाया भण्डारीको निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको ज्यान गएको हो।

निर्माणाधीन घरको पाँचौँ तलामा तातोपानीको परीक्षण गर्न गएका भण्डारी लिफ्टबाट खसेर गम्भीर घाइते भएका थिए। घाइते भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।