हेटौंडा – मकवानपुरको हेटौंडामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५ घर भई हाल हेटौंडा–२ मनकामना टोल डेरा गरी बस्ने ३३ वर्षीय सन्तोष पोखरेल रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ६ ग्राम ६ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित पोखरेललाई शनिबार साँझ पक्राउ गरेको हो । सन्तोषको डेरा जाँच गर्ने क्रममा पूजा गर्ने र्याकमा शंखभित्र लुकाई राखेको अवस्थामा लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।