प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै, थप तीन जनाको मृत्यु

२०७९ श्रावण २५, बुधबार १२:४० बजे

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।

असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

डा.अधिकारीका अनुसार तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४१४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८५ पुगेको छ ।