प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मनहरीमा दुई अध्यक्ष सहित ५ जनाको उम्मेदवारी फिर्ता

२०७९ बैशाख १६, शुक्रबार १४:१४ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका ५ जनाले मनोनयन फिर्ता लिएका छन् । अध्यक्ष पदका दुई जना, उपमेयर, वडाध्यक्ष र वडासदस्य एकएक जनागरी ५ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृतको कार्यालयका प्रमुख पुर्ण बहादुर दर्जीले जानकारी दिए ।

दर्जीका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेस (विपी) का शंकर न्यौपाने र स्वतन्त्रका साधुराम अधिकारीले मनोनयन फिर्ता लिएका हुन् । उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रका भुपेन्द्र अर्जेल क्षेत्रीले मनोनयन फिर्ता लिएको बताए ।