प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

पश्चिमी वायुको सामान्य प्रभाव

२०७९ कार्तिक १४, सोमबार ०२:५२ बजे

काठमाडौँ – सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागका केही स्थान बाहेक बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पछिल्लो समय न्यूनतम तापक्रममा सुधार आउँदा चिसो बढेको छ । हल्का तुवाँलोका कारण विहानपख जाडो बढेको छ । हाल काठमाडौँ उपत्यकाको न्युनतम् तापक्रम ११ डिग्री सेल्सियसमा झरेको छ भने जुम्लामा १.६ डिग्री सेल्सियसमा झरेको छ ।