हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका ७ मा ट्याक्टरले ठक्कर दिदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ४३ वर्षिया साइली माया रुम्बा, उनकै ४ वर्षिया छोरी ईच्छिका, ट्याक्टरका कामदार १८ वर्षिय नवराज मोक्तान र १८ बर्षकै सुबास बर्तौला रहेका छन् ।
घाइते मध्ये साइली मायाको अवस्था गम्भिर रहेको र उनिहरुको उपचारको लागी भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । सोमबार बिहान सवाँ ८ बजे ओरालोमा रोकिराखेको ना ५ त ६८१६ नम्बरको ट्याक्टर अचानक ब्याक भएर उनीहरुलाई ठक्कर दिएको थियो । ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।