हेटौंडा – चट्याङ लागेर ७ बर्षीय बालिका सहित दुई जनाको मृत्यु भएको छ । उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको हो ।
मंगलवार बेलुका उदयपुरको चौदण्डीगढी–५ का २५ बर्षीय रोशन चौधरी खेतबाट घर फर्किने क्रममा पानीसगै परेको चट्याङले लागेर घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल उपचारको लागि फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोलुखुम्बु थुलुङ दुधकोशी–९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार बेलुका आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा बर्षासँगै परेको चट्याङ लागेर ७ बर्षीय सुजन तामाङको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।