हेटौंडा – आधा तोलाको सुनको औंठी चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भोजपुर जिल्ला घर भई गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बस्ने ८० वर्षीय वृद्धको आधा तोलाको सुनको औंठी चोरी गरेको अभियोगमा अत्तरखेलमा खाजा घर सञ्चालन गर्दै आएकी ५५ वर्षीया निमा लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
निमाले ती वृद्धलाई खाजा घरमा नाम नखुलेको लठ्याउने औषधी खुवाई बेहोस बनाई उनको सुनको औठी चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट माकलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती वृद्धको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।