हेटौंडा – सुनसरीको धरान उपमहानगरपालिका–११ स्थितबाट प्रहरीले लागुऔषध सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–११ का ४६ बर्षीय बिरु भुजेल रहेका छन् ।
सोमबार राती बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले भुजेलको साथबाट स्पासपेन १७१६ ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट नगद १ लाख ६ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ । प्रहरीले उनलाई उनकै उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेलमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।