प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

रास्वपा मकवानपुर क्षेत्र नं. १ को सभापतिमा थापा, २ मा पाठक

२०८० भाद्र ९, शनिबार १२:४० बजे

हेटौंडा –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मकवानपुरले क्षेत्रीय पदाधिकारीहरु चयन गरेको छ । शनिवार भएको क्षेत्रीय भेलाले मकवानपुरको क्षेत्र नं. १ को सभापतिमा टाकाराज थापा र क्षेत्र नं. २ को सभापतिमा सन्जिव पाठलाई चयन गरेको हो ।

भेलाले क्षेत्र नं.१ को उपसभापतिमा जगदिश दहाल, सचिवमा किशोर अर्याल र सदस्यहरुमा क्रमश शिव कुमारी पाठक र राधा बजगाईं निर्विरोध चयन गरेको छ । त्यस्तै क्षेत्र नं. २ को उपसभापतिमा सन्तोष बर्तौला, सचिवमा आशा कुमारी अधिकारी र सदस्यहरुमा क्रमशः राधिका सामरी पाण्डे र सन्दिपा डोटेल चयन भएका छन् ।