प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

यू-१७ बन्द प्रशिक्षण: १५ खेलाडी बाहिरिए

२०७९ श्रावण २७, शुक्रबार १३:१० बजे

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएको जनाएको छ।

बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो। अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ।

यससँगै अब यु-१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र रहेका छन्। श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यु- १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ।

नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन्।

यस्तै यु-१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ। त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ। छनोट खेल भियतनाममा आयोजना हुँदैछ।

छनोट भएका खेलाडी - 

मुकेश घर्ती, रुबिन बोगटी, कृषल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रशान्त लक्सम, कृष्णबहादुर थापा, प्रशान्त लक्सम,निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दीपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निराजन धामी, सरोज दर्लामी, समिर चन्द