हेटौंडा – मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङ राप्तिपुलस्थित पुर्व पश्चिम सडक खण्डमा म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौडा –११ थानाभर्याङ बस्ने २६ वर्षिय श्रीराम परियार रहेका छन् ।
नवलपुरबाट हेटौडा बजार तर्फ आउँदै गरेको ना १५ प ४१५७ नंबरको मोटरसाइकललाई हेटौडा बजारबाट नवलपुर तर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०२५७ नंबरको म्याजिकले ठक्कर दिँदा मोटरसाइकल चालक परियारको मृत्यु भएको हो ।
म्याजिकको ठक्करबाट घाइते भइ हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।