प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

मकवानपुरको इन्द्रसरोवरमा एमाले लियो अग्रता

२०७९ जेठ १, आईतबार ०६:३८ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेबाट अध्यक्षका उम्मेद्वार देव कृष्ण पुडासैनी शर्माले २ हजार ६७० मत प्राप्त गरेका छन् । गठबन्धनबाट कांग्रेसका विश्‍व लाल लामाले २ हजार ४८६ मत प्राप्त गरेका छन् । पुडासैनी र लामाको मतान्तर १ सय ८४ रहेको छ ।

उपाध्यक्षमा एमालेकी उमा कुमारी लामाले अग्रता बनाएकी छन् । उनले २ हजार ६१५ मत ल्याउँदा कांग्रेसकी निर्मला रुम्बाले २ हजार ५३५ प्रात गरेकी छन् ।