प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

बलात्कार आरोप लागेका पाण्डे पक्राउ

२०७९ जेठ ७, शनिबार १२:२८ बजे

काठमाडौं – किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।

युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन्। सेतोपाटीबाट