प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

चक्कु प्रहार गरी हत्यामा संलग्न ५ जना पक्राउ

२०७९ कार्तिक १४, सोमबार ०९:३५ बजे

हेटौंडा – मोरङमा छठ पर्वको रौनक हेर्न गएका बालकको हत्यामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लाबारी–६ चन्द्रमा चौक बस्ने १७ वर्षीय सरोज बस्नेत, वानडाँडा बस्ने १७ वर्षीय सन्देश खवास, पानी ट्यांकी बस्ने १६ बर्षीय मन्जिल माझी, ७ वर्षीय विकास तामाङ र उर्लाबारी–७ तरूण चौक बस्ने १६ बर्षीय सपन खत्री रहेका छन् ।

 

उनीहरुले झापा दमक–१० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीका अनुसार पूर्व रिसिईवीको कारण मोरङ उर्लाबारी नगरपालिका वडा नं.७ स्थित मौवा खोलामा छैठ मेलामा छुरा प्रहार गरी घाईते बनाएका थिए ।

उनलाई स्थानिय गोदावरी अस्पताल उर्लाबारीमा उपचार पश्चात वि.एण्ड.सि.अस्पताल विर्तामोड झापामा लगिएपनि उपचारको क्रममा मृत्यू भएको थियो । घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएकर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।