हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको जिल्ला अस्पतालमा नै सुत्केरी गराएकी एक महिलाको मृत्यु भएको छ । पीडितका आफन्तहरुले चिकित्सकहरुको लापारवाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिा वडा नम्बर २२ स्थायी घर भइ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामायाँ मोक्तानको मृत्यु भएको हो ।
सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याइएको र ९ गते शल्यकृया गरी १० गते अति सघन कक्ष(आइसियू)मा बिरामीलाई राखिएकोमा उनको शनिबार १० गते मृत्यु भएको जानकारी आफूहरलाई चिकित्सकहरुले दिएको मृतककी बहिनी देव्ी लामाले बताइन् । उनले सीताले जन्माएको शिशुको अवस्था सामान्य रहेपनि अब बच्चालाई कसरी बचाउने भन्ने समस्या रहेको पीडा सनाउनुभयो । शव अस्पतालकै शवगृहमा राखिएको छ ।