प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

भिर मौरीको टोकाईबाट एकजनाको मृत्यु

२०७९ श्रावण २२, आईतबार ०७:११ बजे

देउखुरी – दाङको देउखुरीमा भिर मौरीको टोकाईबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवाका ३५ वर्षीय खिमवहादुर कुमाल रहेका छन् ।

शनिवार अपरान्ह साथिहरुसँग घर नजिकैको जंगलमा मौरीको रस काढ्नको लागि सिमलको रुखमा चढ्दा कुमाललाई मौरीले टोकेको थियो । मौरीको टोकाईबाट घाइते भएका कुमालाई उपचारको लागि लमही अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।