प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

बागमती प्रदेशमा कृषि विकास ऐनको तयारी

२०७९ भाद्र १०, शुक्रबार ०५:१९ बजे
हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले प्रदेश कृषि विकास ऐन ल्याउने तयारी गरि रहेको बताउनुभएको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वयन सम्बन्धमा बागमतीका नीति निर्मातासँग बुधबार हेटौँडामा भएको अन्तर संवाद कार्यक्रममा उहाँले कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि अध्यादे शबाट भए पनि कानुन छिट्टै ल्याउने बताउनुभयो ।
 
उहाँले प्रदेश सरकारले रासायनिक मलकार खाना स्थापना गर्न बजेट विनियोजन गरेको र हेटौँडामा कृषि औजार कारखाना खोल्ने तयारी भइरहेको भन्दै प्रदेशलाई प्याज र लसुनमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको योजना रहेको सुनाउनुभयो । प्रदेश विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
प्याज र लसुनमा उत्पादनको आधारमा अनुदान दिने बताउनुभयो । उहाँले यसअगाडि कृषि मन्त्रालयको बजे टमा अनियमितता भएको आरोप लगाउँदै प्रदेश सरकारले १० हजार युवालाई रोजगारी दिने योजना बनाएको बताउनुभयो । प्रदेश सरकार का प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले कृषि तथा पशुपन्छी क्षेत्रको विकासका आवश्यक ऐन निर्माण गरिने बताउनुभयो ।
 
कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा फियान नेपालले बागमती प्रदेश खाद्य परिषद् गठन तथा सञ्चालन कार्यविधि २०७९ को मस्यौदा मुख्यमन्त्री पाण्डे लाई हस्तान्तरण गरेको थियो । कार्यक्रममा फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेती, कार्यकारी निर्देशक अशो कबहादुर सिंह, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कँडेलले बागमती प्रदेशमा खाद्य सुरक्षाको सन्दर्भमा धारणा राख्नुभएको थियो ।