काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएको कोरोना पोजेटिभ भएको अस्पतालले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिनेशकुमार काफ्लेले राष्ट्रपति भण्डारीलाई कोरोना पोजेटिभ भएको पुष्टि गरे। राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण भएकोले केही दिन अस्पतालमै आराम गर्न सुझाब दिएको निर्देशक काफ्लेले बताए ।
निरन्तर ज्वरो, टाउको दुख्ने र वान्ता आउने समस्या आएपछि राष्ट्रपति भण्डारी शुक्रबार शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। यसअघि डेंगुको संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो।