हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहिबार साँझ स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँएको छ ।
चितवनतर्फ बाट हेटौंडा बजारतर्फ जादै गरेको प्रदेश २–०३–००५ प ६६७६ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३ ००५ प ५००३ नम्बरको स्कुटर एकआपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परि दुई प्रहरी सहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकलमा चालक मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ मनहरी घर भएका प्रहरी रामकृष्ण महत्तो, मोटरसाइकल पछाडि सवार भरतपुर–२२ पटेनी घर भएका प्रहरी नेत्र बहादुर बुढाथोकी र स्कुटर चालिका स्थानीय अन्दाजी १७/१८ बर्षीया एलिसा श्रेष्ठ रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार महत्तो बागमती प्रदेशको श्रमरोजगार तथा यातयात मन्त्री घनश्याम दाहालका पिएसओ र बुढाथोकी सोही मन्त्रालयमा कार्यरत सुरक्षाकर्मी हुन् । यी दुबैको हेटौंडास्थित चुरेहिल अस्पताल र स्कुटर चालिकाको सन्चो अस्पतालमा उपचार भइरहेको प्रवक्ता कार्कीले बताए ।