प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

पवनको 'माया बस्यो है'मा शाक्षी ( भिडियो )

२०७९ असार ५, आईतबार ०५:०४ बजे

काठमाडौं – गायक पवन गिरीको स्वर, शब्द र संगीतमा रहेको 'माया बस्यो है' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई बृजेश श्रेष्ठले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा बिष्णु खरेल र शाक्षी लम्साल बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

राज पोख्रेलले छायाँकन गरेको यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक गिरीको आधिकारिक च्यानल 'पवन गिरी अफिसिएल' मार्फत सार्वजनिक भएको हो। यसअघि गायक गिरीको स्वरमा रहेको 'बधाई छ', 'मिल्टेरिको जुत्ता', 'म जे छु', 'मलाई एकछिन देउ' लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।