प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मेयर बालेनले डाके कार्यपालिका बैठक

२०८२ असार २६, बिहीबार १५:५४ बजे

मकवानपुर । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।

कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे बोलाइएको कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।

मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत बीचको असमझदारीका कारण काठमाडौं महानगरपालिकाले संविधानले तोकेको मितिमा बजेट ल्याउन नसकेको हो ।