प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

सुनाखरी, च्याउ र लसुन सहित दुई युवा पक्राउ

२०७९ फाल्गुन २७, शनिबार ०४:३३ बजे

हेटौंडा – प्रहरीले बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुराकीको भरमा १३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो लसुन सहित दुई युवा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–५, कारि गाउँ बस्ने मिलन भण्डारी र निसीखोला गाउँपालिका–४, कानाबगर बस्ने रेशमबहादुर मल्ल छन् । उनीहरूलाई लु १ ज ४५२६ नम्बरको पिकअप भ्यानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।