प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

हेटौंडामा आफ्नै नाबालिका छोरीलाई निर्मम यातना दिने बाबु पक्राउ

२०८० पौष २२, आईतबार १९:५४ बजे

हेटौंडा – हेटौंडामा आफ्नौ नाबालिका छोरीलाई निर्मम यातना दिने बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी घर भई हेटौंडा उपमहानगरपालिका–५ सिंचाई टोलमा डेरा गरि बस्ने २७ वर्षका रामजी मण्डल रहेका छन् ।

आफ्नै साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउँ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि सिविन बाल हेल्प लाईनको सहयोगमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।

मण्लले नाबालिका सहित श्रीमतिलाई पनि नियमित यातना दिने गरेको थाहा पाएपछि आफुहरुले उनको डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भिर अवस्थामा रहेको नाबालिकालाई उद्धार गरेको सिवन बाल हेल्प लाईन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञावलीले बताए ।

मण्डललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको र घटनाको बरोमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।