प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

भीरबाट लडेर एक महिलाको मृत्यु

२०८१ श्रावण २९, मंगलबार १९:५९ बजे

बैतडी – भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीका खेमसिंह धामीकी श्रीमती ३८ वर्षीया भावना धामीको मृत्यु भएको हो।

मंगलबार दिउँसो घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएकी धामीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको आफन्त दिपेन्द्रसिंह धामीले बताएका छन्। मृतक धामीका ३ छोरा छन्।