हेटौंडा – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन् ।
घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी रहेको प्रहरीले जनाएको छ ।
पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली प्रहारमा संलग्नको खोजि गरिरहेको छ भने घाइतेलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धान काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरिरहेको छ ।
हेर्नुहोस भिडियो