प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मकवानपुरका थिङसहित ६ जना पक्राउ

२०८० पौष ६, शुक्रबार २०:३८ बजे

हेटौंडा – अवैध लागुऔषध गाँजा सहित चितवनबाट ६ जना पक्राउ परेका छन् । पक्राउ हुनेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २० वर्षीय रोशन थिङ, चितवनको राप्ती नगरपालिका–१ बस्ने २० वर्षीय सुरेन्द्र चेपाङ, सोही स्थान बस्ने १८ वर्षीय जेठा चेपाङ, ५० वर्षीय कृष्ण बहादुर घलान, पर्सा बस्ने ५५ वर्षीय बमु चौधरी र सोही स्थान बस्ने २३ वर्षीय सरोज राउत रहेका छन् ।

राप्ती नगरपालिका–१ दुबिचौरस्थित सडकमा पैदल हिडिरहेको उनीहरुलाई ईलाका प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी टोलिले शांका लागेर चेकजाँच गर्दा २७ किलो ५०० ग्राम र गाजाँको धुलो १३ किलो २०० ग्राम बरामद गरेको हो । उनिहरूलाई गाँजा सहित नियन्त्रणमा लिएर अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।