प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

असार ३२ मा धार्मिक साइकल यात्रा हुने

२०७९ असार २८, मंगलबार १४:०१ बजे

हेटौंडा – हिमालयन राईडर्स सोसाईटी, मकवानपुर, हेटौंडाको आयोजनामा आगामी असार ३२ गते शनिबार बिहान धार्मिक साइकलयात्रा हुने भएको छ । विश्वभर एकैदिन मनाइने धार्मिक साईकलयात्राला विश्वब्यापी रुपमा कोरा राइड भनेर चिनिन्छ ।

हेटौंडा आसपासमा रहेर ओझेलमा परेका मठमन्दिरलाई साइकलको माध्यमबाट उजागर गर्ने उद्देश्य र साइकलमैत्री सहर बनाउने लक्षका साथ कोरा राइड अर्थात धार्मिक साइकलयात्रा गर्न लागिएको सोसाइटीका सचिव राजु थापा सारु मगरले जानकारी दिए ।

एस कार्यक्रमलाई सफल पार्नको लागि कोरारुटभित्र पर्ने हेटौंडा उप–माहानगरपालिका र वडा कार्यालयहरुले सहकार्य गर्ने छन् । हेटौंडा–४ को पशुपतिनाथ मन्दिरमा बिहान ६ बजे जम्मा भएर सुरु गरिने कोरा राइड कुष्माण्ड सरोबर, त्रिबेणीधाम, चौकीटोल, बनस्खण्डी, मुक्तिनाथ, दक्षिणकाली हुँदै भुटनदेबी मन्दिरमा पुगेर समापन गरिने छ ।

हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा, उपप्रमुख राजेश बानियाँ, वडाअध्यक्षहरु, मउवासंघका प्रतिनिधिहरुले साइकलयात्रीलाई शुभकामना दिने कार्यक्रम तय भएको बताइएको छ । कोरा राईडमा सहभागी हुनका लागि साइकलयात्रीले २०० रुपैयाँ दर्ता शुल्क तिर्नु पर्ने हिमालयन राइडर्स सोसाइटीले जनाएको छ ।