हेटौंडा – काठमाडौंको हलचोकमा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ घर भइ हाल काठमाडौँ महानगरपालिका १४ बस्ने ३४ वर्षीय प्रदिप बास्कोटा रहेका छन् ।
उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भुमा मृत्यु भएको प्रहरीले जनाएको छ । बा ५ ख ६९५ नम्बरको बस र बा ७८ प २६८७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए । बस चालक नियन्त्रणमा रहेको प्रहरी बृत स्वयम्भुले जनाएको छ ।