प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

सन्दीप लामिछानेको विश्व कीर्तिमान

२०८० बैशाख ८, शुक्रबार ०८:४४ बजे

काठमाडौं – नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।

सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।