काठमाडौं – काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको मृत्यु भएको छ। बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौं बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर चक्कु प्रहारबाट आचार्यको घाँटी तथा शरीरका अन्य भागमा गम्भीर चोट लागेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको एसपी रिजालले बताए । आचार्यलाई किन र कसले चक्कु प्रहार गरेकोबारे अनुसन्धान भइरहेको उनले बताए।