प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

खुकुरी प्रहार गरी हत्या, एक जना पक्राउ

२०७९ कार्तिक २३, बुधबार १०:५६ बजे

हेटौंडा – खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । धनकुटा छथरजोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ४० वर्षीय तेज बहादुर लिम्बु रहेका छन् । प्रहरीका अनुसार आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको थियो ।

प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरीले तेज बहादुरलाई खुकुरी सहित बुधबार बिहान पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।