हेटौंडा – मकवानपुरगढी गाउँपालिकाको गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्षमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तानले ५६६६ मत पाउँदा उपाध्यक्षमा माओवादी केन्द्रकी मानकुमारी नेपाली (पाख्रीन)ले ५०८६ मत ल्याएकी छन् ।
उनीहरुका निकटत्म प्रतिद्वन्दी अध्यक्षमा नेकपा एमालेका विदुर हुँमागाईले ४६७३ र उपाध्यक्षमा एमालेकी सन्तु थिङले ४३१२ मत ल्याएका छन् । जसमा अध्यक्षमा स्याङ्तान ९९३ मतको अग्रता बनाउँदा उपाध्यक्षमा नेपालीले ७७४ मतको अग्रता लिएकी छन् ।
मकवानपुरगढीमा हालसम्म १,२,३,६,७ र ८ को मत गणना सम्पन्न भएको छ भने ४ र ५ को जारी छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५, १२०० गन्दा
=अध्यक्ष
नेका ५७८
एमाले ५३४
उपाध्यक्ष
माअाे ५२१
एमाले ४२४
वडा अध्यक्ष
नेका ६३३
एमाले ३९८
माअाे ११३
मकवानपुरगढी गाउँपालिकावडा नम्बर ४, ३०० गन्दा
अध्यक्ष
नेका १२९
एमाले १२८
उपाध्यक्ष
माअाे १२२
एमाले १२९
वडा अध्यक्ष
नेका ८४
एमाले १२८
माअाे ५८