प्रहर खबर
 २०८३ कार्तिक १०, सोमवार    

खाेलामा डुबेर दुई बालककाे ज्यान गयाे

२०७९ आश्विन १८, मंगलबार १४:१९ बजे

काठमाडौं – दाङको देउखुरीमा अर्जुन खोलामा डुबेर मंगलबार दुई बालकको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२ वर्षीय ललित परियारको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खोलामा डुबेर अचेत भएका दुबै बालकलाई उपचारका लागि लमही अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए । मृतक दुवै जना बालकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले बताएको छ ।