हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन । आसन्न स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका वडाअध्यक्षमा ५ र वडासदस्यमा ६ गरी ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत नारन प्रसाद पौडेलले जानकारी दिए ।
वडा अध्यक्ष पदका उम्मेदवार वडा नं.३ का प्रेम प्रसाद दहाल, वडा नं.५ का नवराज हुमगाई र बिष्णुप्रसाद दंगाल, वडा नंं.४ का चुडा प्रसाद बन्जारा र टुकप्रसाद होमागाईले मनोनयन फिर्ता लिएको अधिकृत पौडेलले जानकारी दिए । त्यस्तै वडा सदस्य पदका उम्मेदवारहरु सितारा न्यौपाने, दिक्पाल तिमल्सीना, श्याम प्रसाद ढुङ्गाना, शेरबहादुर मुक्तान,जितबहादुर मुक्तान,राजप्रकाश भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् ।
