हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेशका सभापती इन्द्र बहादुर बानियाँलाई काउन्टर दिदै कांग्रेस बकैंया गाउँ कार्य समितिले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । गाउँ कार्य समितिका सभापति दिल बहादुर भोम्जन लामाले विज्ञप्ती जारी गर्दै एक्लै चुनाव लड्ने घोषणा गरेका हुन् ।
“पार्टीको १५ औँ महाधिवेशनपछि देशभर हजारौँ युवा स्थानीय निकायमा चुनिएर उत्साहपुर्वक कांग्रेसमा आवद्ध भएका छन् र बकैंयामा पनि यो अवस्था रहेको पार्टी नेतृत्व आवश्क जानकार छ । स्थानीय निकायको निर्वाचन युवाहरुको परिक्षणको समय पनि हो । उनिहरु स्थानिय निकायको निर्वाचनमा प्रतिस्पधी पार्टींग स्वस्थ प्रतिस्पर्धामार्फत आफ्नो औचित्य प्रमाणित गर्न सम्सेका छन ।,” कांग्रेस बागमती सभापती बानियाँले एक कार्यक्रममा गठबन्धनविरुद्ध बोल्ने नेता–कार्यकर्तालाई पार्टी छोड्न चुनौती दिएको अभिव्यक्तिलाई काउन्टर गर्दै सार्वजनिक विज्ञप्तीमा भनिएको छ। “गठबन्धन र तालमेलको जवरजस्ती निर्देशन नमानेमा पार्टी छोड्न नेतृत्वको हुकुमी शैली र तुच्छ बचनले उनिहरुको समाज परिवर्तन गर्ने उर्जा र उत्साहमाथि कुठाराघात भएको छ ।”
“स्थानीय पार्टी संगठनलाई बचाउन र राजनितिक रुपले जोगाउन तिनलाई निर्वाचनको सम्पुर्ण प्रक्रियामा सहभागी गराउन जरुरी छ । तर, यहाँ पार्टीको लक्ष्य र मर्म विपरित सिमित जिल्ला स्तरिय नेताहरुको चाहनामा स्थानीय तहको औचित्य, आवश्यकता र त्यसलाई पुष्टि गर्ने बैज्ञानिक आधारहरुलाई औल्याउँदै पार्टीको केन्द्रिय निर्णय अनुसार गठबन्धन दलहरुभित्र मितव्ययी रुपमा चुनावी प्रतिस्पर्धामा जान सक्ने प्रावधान हुँदा हुँदै गठबन्धन गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै यस बकैंया गाउँ कार्य समिति सम्पुर्ण १२ वटा वडाका वडासभापतिहरुको समुहिक निर्णयबाट बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरु साथै अन्य राजनितिक दलहरुसंग भितव्ययि रुपमा चुनावी प्रतिस्पर्धामा जाने घोषण गर्दछौँ,” विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ती
