प्रहर खबर
 २०८३ कार्तिक २, आइतवार    

चट्याङ लागेर एक वृद्धको मृत्यु

२०८० बैशाख १६, शनिबार ०४:२० बजे

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो। इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ। शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए।

केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।