प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

यस्ताे रहला आजकाे माैसम

२०८० पौष २३, सोमबार ०८:०६ बजे

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानसम्म देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

सोमबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका तराई भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने तथा अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ।