हेटौंडा – मकवानपुर प्रहरीले दुईवटा हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । हेटौंडा १० का ५८ वर्षीय भवनाथ भट्टराईको १३ वैशाखमा आफ्नै घरबाट हराएको ना. ६३ प २१६ नम्बरको मोटरसाइकल हेटौंडा–१ चौकीटोलमा फेला पारी सम्बन्धित् धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी हेटौंडा–१० का ४५ वर्षीय खड्क सिं वाईवाको मोटरसाइकल १३ वैशाखमा हराएको थियो । हेटौंडा– ४ मा पार्किङ गरेर राखेको बा।प्र। ०३–००५ प ३११७ नम्बरको मोटरसाइकल हेटौंडा(२ मा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।