प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

थाहानगरमा खुकुरी प्रहार: देवरको आक्रमणमा भाउजु तुलमायाको मृत्यु

२०८२ असार ५, बिहीबार १८:१८ बजे

हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेका हुन्। 

जिल्लाको थाहानगरपालिका वडा नम्बर १ कुञ्छालमा बिहीबार दिउँसो ५० वर्षीया तुलमाया गोपालीको हत्या भएको मकवानपुर प्रहरीले जनाएको छ ।

तुलमायाको देवर नाता पर्ने छिमेकी अन्दाजी ३५ वर्षीय जीवन गोपालले हत्या गरेको प्रहरीले जनाएको छ । जीवनले धारिलो हतियार प्रहार गरी तुलमायाको हत्या गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विश्व खड्का जनाएका छन् ।

जीवनको हतियार प्रहारबाट तुलमायाको टाउको र घाँटीमा चोक लागेको  जनाइएको छ। घटनापछि जीवन फरार रहेको प्रहरीले जनाएको छ।

उनको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।