प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मकवानपुरको चुर्लिङ खोलामा डुबेर एक जनाको मृत्यु

२०७९ मंसिर २४, शनिबार ०६:४८ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–३ स्थितमा चुर्लिङ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–२ थुम्की बस्ने ७८ को म्याक्सो मोक्तान रहेका छन् ।

शुक्रबार साँझ चुर्लिङ खोला तर्ने क्रममा डुबेर मोक्तान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार शव परीक्षणका लागि अस्पताल ल्याईएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्वीर