प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

दीपक मनाङे निर्विरोध निर्वाचित

२०७९ आश्विन २६, बुधबार ०६:०७ बजे

काठमाडौं – मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् ।

सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूका अनुसार गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका थिए ।

स्वतन्त्र उम्मेदवार गुरुङलाई निर्वाचन अधिकृतले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । मनाङेले नेकपा एमालेको समर्थन लिएका थिए भने सत्ता गठबन्धनका अरू दलले पनि आफ्ना उमेदवारी उठाएका छैनन् ।